2026-09-16 04:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने

2026-09-16

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले बाढी–पहिरोपछिको उद्धार, राहत तथा पुनर्निर्माणको प्रभावकारी समन्वय र अनुगमनका लागि एक हप्ताभित्र ‘संसदीय विशेष समिति’ गठन गर्ने निर्णय गरेको छ। बैठकपछि रास्वपाका प्रवक्ता जगदीश खरेलले दिएको जानकारी अनुसार, भोटेकोशी लगायतका क्षेत्रमा बाढीपहिरोपछिको खोजी, उद्धार, राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणका क्षेत्रमा अहिलेसम्म सरकार तथा राजनीतिक दलहरूले गरेका कामहरूबारे बैठकमा गम्भीर समीक्षा भएको छ ।

बैठकले सभापति रवि लामिछाने संयोजक रहेको सर्वदलीय राजनीतिक संयन्त्रलाई कायमै राख्ने निर्णय गरेको छ। राजनीतिक संयन्त्रमा रास्वपा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति, राप्रपा, जसपा नेपाल, जनमत पार्टी लगायत संसद्‌मा प्रतिनिधित्व गर्ने र बाहिर रहेका दलहरूको सहभागिता रहनेछ ।

यसैगरी संसद्‌मा रहेका दलहरूको सिट सङ्ख्याको आधारमा प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र संसदीय विशेष समिति बनाउने सहमति जुटेको छ । उक्त विशेष समितिले विपद् प्रभावित क्षेत्रको अध्ययन, छानबिन र समन्वय गर्नेछ। समितिको कार्यक्षेत्र (टिओआर)बन्न बाँकी रहेको र यसले काममा कहाँ–कहाँ सुधार गर्नुपर्नेछ भन्ने विषयमा सरकारलाई आवश्यक सुझाव दिने प्रवक्ता खरेलले जानकारी दिए । यसैगरी, प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसङ्घको भ्रमणका विषयमा पनि बैठकमा छलफल भएको छ। बैठकमा सहभागी सबै दलका नेताहरूले नेपालले भोग्नुपरेको वातावरणीय क्षतिको क्षतिपूर्ति र ‘जलवायु न्याय’ को मुद्दालाई संयुक्त राष्ट्रसङ्घमा सशक्त रूपमा उठाउन प्रधानमन्त्रीलाई महत्त्वपूर्ण सुझाव दिएका छन्।

रास्वपाका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकका निर्णय

भोटेकोशीको बाढी पछिको खोजी, उद्धार, राहत वितरण, पुनर्स्थापना र पुननिर्माणको क्षेत्रमा अहिलेसम्म सरकारले गरेको काम, राजनीतिक दलहरूले गरेको महत्त्वपूर्ण कामबारे गम्भीर समीक्षा भएको छ ।

यो राजनीतिक संयन्त्रलाई कायमै राख्ने निर्णय भएको छ ।

सभापति रवि लामिछाने संयोजक रहेको राजनीतिक संयन्त्र कायमै राख्ने निर्णय भएको छ ।

यसमा रास्वपा, कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरू सहभागी भएका दलहरूको सिटको आधारमा प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र संसदीय विशेष समिति बनाउने निर्णय भएको छ । प्रधानमन्त्री संयुक्त राष्ट्र सङ्घमा जान लागिएको विषयमा जलवायु न्यायको विषयमा सबै दलका नेताहरूले महत्त्वपूर्ण सुझाव दिएका छन् । संसदीय समितिले अध्ययन, छानबिन र समन्वय गर्नेछ । यो समितिले टिओआर बनाउन बाँकी छ । यसले कहाँ सुधार गर्ने भनेर सुझाव दिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग