2026-09-17 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग

2026-09-17

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो माग राखेका हुन् ।

‘मलाई त्रिशूलीबाट नातेदारहरूले फोन गरेर हाम्रो परिवारको लास यही घरभित्र छ । हामीलाई तुरुन्तै उत्खनन गरिदिनुपर्यो भन्ने मागहरू धेरै आएको छ,’ सांसद श्रेष्ठले भने । अहिले सर्च एन्ड रेक्युका कामहरू चलिरहेको तर अहिले घटेको भन्दै उनले अब केही नीति परिवर्तन गर्नुपर्ने सुझाए । नीजि घरहरूको उत्खनन गर्नुपर्ने, सार्वजनिक भवन विद्यालय, स्वास्थ्य संस्था, पालिकाका भवनहरू उत्खनन गर्नुपर्ने, पुरातात्विक भवनहरू मठ मन्दिरको, धार्मिक स्थलहरूको उत्खनन गर्नुपर्ने, वित्तीय संस्थाहरूको भवनको उत्खनन गर्नुपर्ने देखिएको उनले बताए ।

उनले भनेका छन, ‘यो काम गर्नका लागि गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट अलग्यै एउटा कम्प्रिहेन्सिभ प्लान बनाएर यो सबै क्षेत्रको उत्खनन् सबै जिल्लाहरूमा एकै चोटी सञ्चालन गर्न म माग गर्दछु ।’ यो विषयमा सरकार र निजी क्षेत्रकाो समेत सहकार्य हुन आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल परिवार पाल्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सभामुख अर्याल मापदण्डपछि समावेशी सिद्धान्त लागू हुन्छ, समावेशिता छुटेको छैन : मन्त्री गौतम रास्वपाले संसदीय विशेष समिति गठनमा छलफल गर्दै राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी १८ दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन सुनचाँदीको मूल्य घट्यो प्रतिनिधिसभाको बैठक बस्दै चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह