2026-09-17 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई

2026-09-17

काठमाडौँ | श्रम संस्कृति पार्टीले द ग्रे जोनको रिपोर्ट र सार्वजनिक कागजातका आधारमा नेपालको राजनीति र नेतृत्वको विकासक्रममा विदेशी हस्तक्षेप भइरहेको भन्दै प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर पार्टीका प्रमुख सचेतक आरेन राईले यस्ता गतिविधिले देशको सार्वभौमसत्ता र स्वाधीनतामाथि अपमान गरेको बताए । सांसद राईले द ग्रे जोन रिपोर्टमा प्रकाशित सार्वजनिक कागजातहरूले नेपालमा विदेशी सहयोगमा सञ्चालित राजनीतिक तथा नेतृत्व विकासका कार्यक्रमहरूमाथि गम्भीर प्रश्न उठाएको बताए ।

कसैको नाम कागजमा हुनु मात्र विदेशी हस्तक्षेपको प्रमाण नभएपनि यस्ता गम्भीर प्रश्नको जवाफ नदिई सरकार मौन बस्न नमिल्ने उनले बताए । उनले भने, ‘सरकारसँग नेपालमा विदेशी सरकार वा संस्थाको सहयोगमा सञ्चालित राजनीतिक, नेतृत्व विकास, युवा परिचालन लगायतका सबै कार्यक्रमको विवरण, बजेट र उद्देश्य सार्वजनिक गर्न, ती कार्यक्रमबाट कुन संस्था वा व्यक्तिले कस्तो तालीम वा आर्थिक सहयोग प्राप्त गरे, त्यसको सम्पूर्ण विवरण संसद्‌मा पेस गर्न, कुनै पनि विदेशी सहयोग राजनीतिक दलको निर्वाचन, नेतृत्व निर्माण वा सत्ता परिवर्तनमा प्रयोग भएको हो वा होइन, त्यसको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र भविष्यमा नेपालको राजनीति र निर्वाचनमा हुने विदेशी प्रभाव रोक्न स्पष्ट कानुनी मापदण्ड र संसदीय निगरानीको व्यवस्था गर्न माग गर्दछु ।’

सांसद राईले द ग्रे जोनको विषयलाई लिएर सामाजिक सञ्जालमा भइरहेको चर्चाप्रति टिप्पणी गर्दै यो विषयमा सत्तापक्ष र केही दलका नेताहरूले अनावश्यक राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए ।‘जेनजी आन्दोलन वास्तवमा एउटा उमेर समूहले गरेको हो, त्यसलाई कुनै पार्टी वा व्यक्ति विशेषसँग जोडेर हेर्न मिल्दैन। तर सत्तापक्षले आफ्नो विरुद्ध प्रश्न उठ्ने बित्तिकै आन्दोलनकारीलाई देखाएर ढाकछोप गर्ने प्रयास गरिरहेको छ,’ उनले भने । सांसद राईले नेपालको राजनीतिक भविष्य नेपाली जनताको मत, नेपालको संविधान र नेपाली जनताको स्वार्थबाट निर्देशित हुनुपर्नेमा जोड दिए। ‘हामी मित्रराष्ट्रहरूसँग सन्तुलित सम्बन्ध विस्तार गर्न चाहन्छौँ, तर नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल परिवार पाल्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सभामुख अर्याल मापदण्डपछि समावेशी सिद्धान्त लागू हुन्छ, समावेशिता छुटेको छैन : मन्त्री गौतम रास्वपाले संसदीय विशेष समिति गठनमा छलफल गर्दै राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी १८ दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन सुनचाँदीको मूल्य घट्यो प्रतिनिधिसभाको बैठक बस्दै चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह