काठमाडौँ | साताको कारोबारको चोथो दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३३९ कम्पनीको १ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ४९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सिद्धार्थ बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३३ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १२ प्रतिशतभन्दा धेरैले बढेको छ । यता, हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ ।