काठमाडौँ | बझाङमा जिउँदै कुकुरलाई सेती नदीमा फालेको भिडियो भाइरल भएपछि प्रहरीले महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ पडेस बस्ने ४२ वर्षीया विमलादेवी रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक विष्टले जानकारी दिए ।
उनकाअनुसार बिहीबार दिउँसो महिलालाई उनकै घर ठेगानाबाट पक्राउ गरिएको हो । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ । ती महिलाले जिल्ला जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट सेती नदीमा कुकुरलाई फालिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियोे ।