2026-09-18 05:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक

2026-09-18

MANTRI PARISAD

काठमाडौँ | सरकारले शुक्रबार विभिन्न ५ निर्णय गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले मुख्यगरी ५ वटा निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

१. देहायका व्यक्तिहरुलाई तपशिल बमोजिमका मुलुकमा नेपाली राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने र सुनुवाइका लागि संसदीय समितिमा लेखी पठाउने :

निश्चलनाथ पाण्डे– भारत, कल्याणराज शर्मा– चीन, चिरनजंग थापा–अमेरिका, गौरव शमशेर जंगबहादुर राणा–संयुक्त अधिराज्य (यूके), जिग्यानकुमार थापा – जापान, सुरेशकुमार कर्ण – इजरायल, प्राप्ति शेरचन – स्पेन, शरू जोशी– जर्मनी, पद्माक्षी राणा– ओमान, चूडामणि खरेल– मलेसिया, प्रा. डा. सङ्गम श्रेष्ठ– दक्षिण कोरिया, डा. मंचला झा– श्रीलंका, गिरीबहादुर सुनार– साउदी अरेबिया

२ नेपाली नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने ।

३. साविकमा कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गर्ने।

४. नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकको पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्ति गर्ने।

५. सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई