2026-10-21 06:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मदन भण्डारीको सपना साकार हुने दिन आयो: दाहाल

कात्तिक २८, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सपना पूरा हुने दिन आएको बताउनुभएको छ । 

चुनावी अभियानका क्रममा मदन भण्डारीको शव भेटिएको गाजीपुरमा रहेको मदनस्मृति उद्यानमा पुगेर आज उहाँले भण्डारीको स्मरण गर्दै भण्डारीले देखेको सपना अब पूरा हुने बताउनुभयो । 

वाम गठबन्धनको मुख्य उद्देश्य देशको तीव्र आर्थिक विकास र सुशासनमार्फत समृद्धि हासिल गर्ने भएको बताउँदे उहाँले विकास र राष्ट्रको नेतृत्व गर्न आफ्नो उम्मेदवारी चितवनमा भएको स्पष्ट गर्नुभयो । 

व्यापार, व्यवसाय गरेर जनतालाई पैसाको प्रलोभनमा पार्ने, जनतालाई रैती ठान्ने, भोक, रोग र गरिबीमाथि राजनीति गर्दै जनता झुक्याउने विरुद्ध खबरदारी गर्न जनसमुदायलाई आग्रह गर्दै उहाँले भन्नुभयो “केही उम्मेदवार पैसाको बलमा जनतालाई भ्रमित पार्ने खेलमा लागेको आफूलाई जानकारी आएको छ । तिनीहरुका पैसा खोसेर जनतालाई बाँड्नुपर्छ ।” 

अबको पाँच वर्षमा चितवन विकास र सभ्यताको दृष्टिले देशकै नमूना जिल्ला बनाइछाड्ने दृढता व्यक्त गर्दै उहाँले विगतमा नभएको काम आफूले योजनाबद्ध ढंगले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ