काठमाडौँ | जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी परेका छन्। नौबहिनी गाउँपालिका–८ पुर्जानीका निवासी उनीहरूले गएराति जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि उनीहरु बिरामी परेका हुन ।
बिरामी पर्नेहरूमा ४ जना महिला, ३ जना बालिका, १ जना युवती र १ जना पुरुष रहेका छन्। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार बिरामी सबैको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ। बिरामीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेको छ ।