2026-09-19 12:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा

2026-09-19

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले विगतका योगदान र मूल्यलाई संरक्षण गर्दै नयाँ पुस्ताका आकांक्षा सम्बोधन गर्ने गरी अघि बढ्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा उनले नयाँ पुस्तामा तीव्र विकास र परिवर्तनको चाहना रहेको बताउँदै देशलाई सम्हाल्न, बदल्न, जोखिम उठाउन र जिम्मेवारीपूर्वक अघि बढाउन सक्ने कांग्रेस निर्माण गर्ने बताए।

साथै वडा अधिवेशनमार्फत नयाँ पुस्ताका हजारौँ नेता–कार्यकर्ता नयाँ जिम्मेवारीमा आउने र पार्टीको अधिवेशन प्रक्रियामा विभिन्न जातजाति, भाषा, धर्म र समुदायका साथै महिला, दलित, जनजाति तथा युवाको सहभागितालाई प्राथमिकता दिइएको उनले बताए। उनले प्रजातन्त्रका सेनानी, द्वन्द्वपीडित, श्रमिक तथा विभिन्न पेशा र व्यवसायमा अनुभव हासिल गरेका व्यक्तिका लागि पार्टीभित्र छुट्टै स्थान सिर्जना गरिएको जानकारी दिए। यसले कांग्रेसलाई नयाँ ढंगले अघि बढ्न ऊर्जा दिने उनको विश्वास छ।

पार्टीभित्र पछिल्लो समय विभिन्न विषयमा मतभेद देखिए पनि महाधिवेशनलाई आपसी दूरी बढाउने नभई नमिलेका मन मिलाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने थापाले बताए। ‘नेपाली कांग्रेस भनेको एउटा ठूलो घरजस्तो हो। हामी योभित्रका परिवारका सदस्य हौँ। परिवारका सदस्यहरूका बीचमा सधैँ एउटै मत हुन्छ भन्ने छैन,’ उनले भने।

वडा अधिवेशनमा विगतका मतभेदलाई आधार बनाएर निर्णय नगर्न उनले पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे। विगतमा को कहाँ उभिएको थियो भन्ने विषयलाई बिर्सेर अहिले सबै एक ठाउँमा उभिएको भावनाका साथ अधिवेशनमा सहभागी हुनुपर्ने उनको भनाइ थियो। ‘हिजो जो जहाँ उभिएका थियौँ, सबै कुरा बिर्सौँ। हामी सबै अहिले एकै ठाउँ उभिएका छौँ,’ थापाले भने।

उनले वडा अधिवेशनमा सकेसम्म सबैलाई समेटेर समझदारीका साथ अघि बढ्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गर्दै वडा अधिवेशनपछि पालिका र त्यसपछि केन्द्रीय महाधिवेशन हुने उल्लेख गर्दै थापाले महाधिवेशनबाट पार्टीभित्र संरक्षण गर्नुपर्ने विषयलाई थप बलियो बनाउने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो