2026-09-19 05:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर

2026-09-19

काठमाडौँ | नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् १५औँ महाधिवेशनमा महामन्त्री पदका आकाङ्क्षी नैनसिंह महरले आगामी महाधिवेशन केवल नेतृत्व छान्ने विषय मात्र नभई पार्टीलाई समयानुकूल परिवर्तन गर्ने कि पुरानाकै ढर्रामा अघि बढाउने भन्ने निर्णायक अवसर भएको बताएका छन्। विचारप्रधान धारणा प्रस्तुत गर्दै उनले नेतृत्वसँगै युगको दिशा तय गर्ने यस्ता अवसरको सदुपयोग गरी नेपाली कांग्रेसलाई ‘बदलिएको कांग्रेस’का रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका हुन्।

उनका अनुसार परिवर्तित कांग्रेस भनेको नयाँ अनुहार मात्र नभई नयाँ सोच, नयाँ सङ्गठन, नयाँ कार्यशैली र नयाँ राजनीतिक संस्कार हो। विगतका पुस्ताको त्याग, सङ्घर्ष र योगदानको जगमै आजको कांग्रेस उभिएको स्मरण गराउँदै महरले अब उक्त जगमा नयाँ पुस्ताको ऊर्जा सिञ्चित गरेर पार्टीलाई हरेक नेपालीको साझा थलो बनाउनुपर्ने बताए। उनले भने, ‘अब नेतृत्वको बहस व्यक्तिमा होइन, दृष्टिकोण र विचारमा हुनुपर्छ।’ स्पष्ट खाका प्रस्तुत गर्दै उनले थपे, ‘कस्तो कांग्रेस बनाउने भन्ने स्पष्ट जवाफ दिन नसक्ने नेतृत्व परिवर्तनको कुनै अर्थ रहँदैन।’

सङ्गठनलाई चुनावका बेला भोट माग्ने माध्यममा मात्र सीमित नराखी हरेक दिन जनताको घरआँगनमा पुर्‍याउनुपर्ने प्रस्ताव अघि सार्दै उनले पुस्तान्तरणलाई नारामा मात्र नभई व्यवहारमै उतार्नुपर्ने बताए। युवाहरूलाई नारा लगाउनमा सीमित नराखी निर्णय प्रक्रियाको मूल तहसम्म पुर्‍याउनुपर्ने तथा अनुभव, ऊर्जा र संस्कारलाई एकसाथ समेट्नुपर्ने उनको भनाइ छ। राजनीतिलाई जनताको दैनिक जीवनसँग जोड्नुपर्नेमा जोड दिँदै उनले रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, उद्यमशीलता र उत्पादनजस्ता आधारभूत आवश्यकताका साथै विश्व समाजमा द्रुत गतिमा फैलिरहेको प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)को युगलाई समेत राजनीतिसँग जोडेर लैजानुपर्ने आवश्यकता औँल्याए। पार्टीभित्र पारदर्शिता, स्पष्टता र राज्य सञ्चालनमा जवाफदेहिता कायम नगरी जनताको विश्वास पुनः प्राप्त गर्न नसकिने स्पष्ट पार्दै उनले कांग्रेसलाई सुशासनको पर्याय बनाउनुपर्ने बताए। जलवायु परिवर्तन, विपद् व्यवस्थापन, डिजिटल प्रविधि र बदलिँदो विश्व अर्थतन्त्रका विषयमा कांग्रेससँग स्पष्ट दृष्टिकोण हुनुपर्ने उनको जोड छ।

महाधिवेशनलाई विचारको बहसमा केन्द्रित गर्नुपर्ने बताउँदै महरले भने, ‘१५औँ महाधिवेशनलाई कसको नेतृत्व बनाउने भन्नेमा मात्र सीमित नराखी कस्तो कांग्रेस, कस्तो सङ्गठन र कस्तो नेपाल बनाउने भन्ने बहसमा केन्द्रित गराउनुपर्छ।’आफ्नो प्रतिबद्धता व्यक्त गर्दै उनले थपे, ‘पुरानो पुस्ताको अनुभव र संस्कारलाई जोड्दै जिम्मेवारीपूर्वक जवाफ दिने कांग्रेस बनाउने अभिभारा हाम्रो काँधमा आएको छ, र म त्यो अभिभारा बोक्न पूर्ण रूपमा तयार छु।’ उनले नेतृत्व मात्र नभई समावेशिताका साथ कांग्रेस नै बदल्ने संकल्प गर्न सबैलाई आह्वानसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ