2026-09-21 04:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ

2026-09-21

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले काठमाडौं उपत्यकामा थोत्रा तथा पुराना सवारीसाधनबाट निस्कने कालो धुवाँले वायु प्रदूषण बढाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले आकाशमा बादल देखिए पनि जमिनमा सवारीसाधनको धुवाँले नागरिक निसास्सिनुपर्ने अवस्था रहेको बताइन्।

उनले भनिन्, ‘आकाशमा सेतो मुस्लो बादल दौडिँदै गर्दा हामी जमिनमा कालो मुस्लो गाडीको धुवाँबाट निसास्सिएका छौँ।’ कालो धुवाँ फाल्ने सवारीसाधनलाई गरिने जरिवाना बढाउने विषयमा आफूले तीन महिनाअघि पूर्वाधार विकास मन्त्रालयमा कुरा राखेको उनले बताइन्।

‘यही समस्या लिएर तीन महिना अघि पूर्वाधार विकास मन्त्रालय पुगेको थिएँ। मन्त्रीज्यूले कालो धुवाँ फाल्ने गाडीलाई ५०० जरिवानाबाट ५० हजार तोक्छु भन्नुभएको थियो। खै त कार्यान्वयन भने शून्य,’ उनले भनिन्।

सरकारले नयाँ नेतृत्व ल्याए पनि सडकमा चल्ने पुराना सवारीसाधनका कारण स्वच्छ हावा पाउने नागरिकको अधिकार प्रभावित भइरहेको उनले बताइन्। ‘आज म यस सदनबाट प्रश्न गर्न चाहन्छु। हामीलाई देश हाँक्ने चालक चाहिँ नयाँ नेता र मन्त्री, तर गाडी चल्ने इन्जिन चाहिँ उही थोत्रा र १०० वर्ष पुराना भएपछि जनताले कसरी स्वच्छ हावामा सास फेर्छ?’ उनले प्रश्न गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल