2026-09-23 12:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी

2026-09-23

काठमाडौँ | नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकको तेस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। ललितपुरको भजनीमण्डलस्थित रामबाग महलमा जारी बैठकमा बुधबार पनि केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि आफ्ना धारणा राखिरहेका छन्। पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार मंगलबारसम्म ११८ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राखिसकेका छन्।

आज बाँकी सदस्यहरूले धारणा राख्ने र सबै सदस्यको धारणा सकिएपछि बिहीबार पार्टी सचिवालयको बैठक बस्ने तयारी गरिएको आचार्यले जानकारी दिए। सचिवालय बैठकले केही महत्वपूर्ण निर्णय गर्ने र ती निर्णय अनुमोदनका लागि पुनः केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने तयारी छ। बैठकमा केन्द्रीय सदस्यलाई धारणा राख्न तीन मिनेटको समय दिइएको छ। विभिन्न नौ एजेण्डामा छलफल भइरहेको बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि अधिकांश सदस्यले समर्थन जनाएको आचार्यले बताए। बैठकको सुरुवातदेखि नै अध्यक्ष ओली आफैले सञ्चालन गरिरहेका छन्। बुधबार ओलीले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई आफ्नो दायाँबायाँ राखेर बैठक सञ्चालन गरेका थिए।

सामान्यतया केन्द्रीय सदस्यले अध्यक्षको ध्यानाकर्षण गराई अनुमति लिएपछि धारणा राख्ने अभ्यास रहे पनि बुधबार अध्यक्ष ओलीले सुरुमै सदस्यहरूलाई बोल्न अनुमति दिएका थिए। बैठकस्थलमा मोबाइल फोन प्रयोगमा रोक लगाइएको छ भने बैठकबाट बाहिर जानुपर्दा अध्यक्षको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। बैठक अध्यक्ष ओलीले नै सञ्चालन गरिरहेकामा कतिपय सदस्यले महासचिव पोखरेललाई बैठक सञ्चालनको जिम्मेवारी नदिइएको विषयमा समेत प्रश्न उठाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल