2026-09-23 07:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल

2026-09-23

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको विकल्पमा कांग्रेस कहिल्यै नसोच्ने बताएका छन्। काठमाडौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लोकतन्त्रको पहरेदारको रूपमा कांग्रेस सधैँ उभिने बताए। उनले भने, ‘कांग्रेसको नेतृत्व नै यो देशको लागि परिपक्व नेतृत्व हो। कांग्रेसको नेतृत्वले नै यो देशमा सुझबुझपूर्ण ढङ्गबाट काम गर्न सक्छ। यो आम नेपालीले मानेको विषय हो। हामीले इतिहासमा स्थापित गरेको विषय हो। त्यसैले एउटा चुनाव हार्दैमा हामीहरू निराश हुनुपर्ने अवस्था छैन।’

आवश्यकता अनुसार नागरिकले चाहे अनुसार पार्टीलाई आफूहरूले सुधार्दै लगिरहेको बताए। उनले गगन थापा आज कांग्रेसको आवश्यकता भएको बताए। उनले थपे, ‘अब गगन थापा देशको आवश्यकता बन्ने पनि निश्चित छ। त्यसैले कांग्रेसलाई परिमार्जित गर्दै हामीले नागरिकले रुचाएको नेतृत्व पनि कांग्रेसभित्र स्थापित गरेका छौँ। १५ औँ महाधिवेशनपछि धेरै ढङ्गबाट व्यवस्थित भएर अगाडि बढ्नेछौँ।’

कांग्रेसले आफूलाई पूर्ण रूपमा परिष्कृत गरेको, सुधार गरेको विषयलाई नागरिकका बीचमा पत्याउने ढङ्गबाट लिएर जाने स्थिति निर्माण गर्ने बताए। उनले महाधिवेशनको प्रक्रियाबाट बाहिर रहेका पूर्वसभापति शेरबहादुर देउवा समूहलाई पनि प्रक्रियामा भाग लिन आग्रह गरे।‘१५ औँ महाधिवेशनमा सहभागिता भएन भन्ने कुरा आज सत्य हो भन्ने मलाई लाग्दैन। बाहिर रहनुभएका साथीहरूलाई भित्र ल्याउनका निम्ति हामीले सबै निर्णय हामीले फिर्ता पनि लियौँ। हामीले निर्णय गर्‍यौँ, कार्यान्वयन पनि गर्‍यौँ, मेहनत पनि गर्‍यौँ’ महामन्त्री पौडेलले भने।

पार्टीभित्र सबैलाई ल्याउने वातावरणपछि धेरै नेताहरू महाधिवेशन प्रक्रियामा भाग लिने बताए। उनले थपे, ‘धेरै साथीहरू पार्टीको अधिवेशनमा सँगसँगै जाने परिस्थिति बन्यो। केही नेताहरू बाहिर हुनुहुन्छ, हामी उहाँहरूलाई पनि आग्रह गरिरहेका छौँ अझै पनि सबै आइदिनुस्। हामीले १५ औँ महाधिवेशन हाम्रो निवर्तमान सभापति शेरबहादुर देउवाबाट उद्घाटन गर्न चाहन्छौँ। उहाँलाई प्रमुख अतिथिका रूपमा कार्यक्रममा हामीले आमन्त्रण गर्न चाहन्छौँ। हामीले कसैलाई सम्मान नगर्ने, कसैलाई ठेस पुर्‍याउने हाम्रो कुनै मनसाय छैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी