2026-09-24 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान

2026-09-24

काठमाडौँ | जल तथा मौसम विभागले केही दिन भारी वर्षासम्मको प्रक्षेपण गरिरहेका अवस्थामा मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत् आयोजनासहित बाढीका कारण प्रभाव पार्न सक्ने सम्भाव्य स्थानलाई लक्षित गरी सतर्कता बढाइएको छ। बाढीका कारण सम्भाव्य जोखिम न्यूनीकरणका लागि मकवानपुर प्रशासनले कुलेखानी क्षेत्रमा आवश्यक सतर्कताका लागि तीन स्थानमा साइरन जडान गरेको हो।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रल्हाद राउतका अनुसार त्यस क्षेत्रमा जलाशयको बाँध, सिस्नेरी प्रहरीचौकी र गाउँपालिकाको कार्यालयमा साइरन जडान गरिएको छ। निरन्तरको वर्षाका कारण जलसतह बढ्न सक्ने अवस्थालाई दृष्टिगत गरी साइरनका माध्यमबाट सर्वसाधारणलाई सुसूचित गराउन ती ठाउँमा साइरनको व्यवस्था गरिएको उनले बताए।

यद्यपि इन्द्रसरोवरमा हाल जलसतह सामान्य अवस्थामा रहेको जानकारी दिँदै उनले आज एक हजार ५२२.२५ मिटरमा जलसतह रहेको बताए। कार्यालयका तर्फबाट जलसतह एक हजार ५२७ मिटर भएका अवस्थामा पहिलो चेतावनीयुक्त साइरन बजाइने उनले जानकारी दिए। जलसतह एक हजार ५२८ पुगेका अवस्थामा दोस्रो चेतावनीसहित केही लामो साइरन बज्ने जानकारी दिँदै उनले त्यसभन्दा माथि जलसतह भएका अवस्थामा निरन्तर लामो समयसम्म साइरन बजाइने जानकारी दिए। साइरनको सङ्केतअनुसार सर्वसाधारणले आवश्यक सुरक्षा सतर्कता अपनाउनुपर्ने उनले बताए।

सम्भाव्य बाढीको जोखिमलाई दृष्टिगत गरी बुधबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी नेतृत्वको टोलीले जलाशय क्षेत्रको स्थलगत रूपमा अवलोकन गर्दै सरोकारवालासँग छलफलसमेत गरेको थियो। भारी वर्षाको प्रक्षेपण भएका अवस्थामा सबैले आ–आफ्नो स्थानबाट सुरक्षा सतर्कता अपनाउन प्रशासनले सबैमा आग्रह गरेको छ। मकवानपुरको हेटौँडा र आसपासमा बिहानदेखि निरन्तर पानी परिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल