2026-09-24 05:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी

2026-09-24

काठमाडौँ | नेकपा एमालेले सात जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकले पूर्वउपाध्यक्ष ईश्वर पोखरेलसहित सात नेतालाई स्थायी कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। स्थायी कमिटी सदस्यमा मनोनित हुनेमा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली, पूर्वसभामुख देवराज घिमिरे, नेताहरू थममाया थापा, शिवमाया तुम्बाहाम्फे, विमला घिमिरे र काशीनाथ अधिकारी छन्। पोखरेल यसअघि एमालेको पूर्वउपाध्यक्ष थिए।

सचिवालय बैठकको निर्णयपछि केन्द्रीय कमिटी बैठकले सचिवालयबाट प्रस्तावित सातै जनाको नाम अनुमोदन गरेको छ। साथै एमालेले पार्टीको नेतृत्व संरचनामा पूर्वपदाधिकारी तथा अनुभवी नेताहरूलाई स्थायी कमिटीमा समेटेको छ। सचिवालय बैठकले पार्टीका पूर्वउपाध्यक्ष पोखरेलसहित पूर्वउपमहासचिव, पूर्वसभामुख तथा अन्य नेताहरूलाई स्थायी कमिटीमा ल्याउने निर्णय गरेको हो।

यसैबीच एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक