2026-09-24 06:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक

2026-09-24

काठमाडौँ | अविरल वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै रातको समयमा पृथ्वी राजमार्ग बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार रातको समयमा पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो ।

बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेको छ । बाढी, पहिरो र डुबान जस्ता जोखिम उत्पन्न हुन सक्ने भएकाले यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न रातको समयमा राजमार्ग बन्द गरिएको धादिङका प्रजिअ लक्ष्मी पाण्डेय गौतमले जानकारी दिइन् ।

जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकहरूलाई मौसम र सडकको अवस्था राम्ररी बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । साथै, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न पनि स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन