
काठमाडौँ | राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ। कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार सभासमक्ष उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन्।
संवैधानिक प्रावधानअनुसार प्रत्येक वर्ष संवैधानिक निकायहरूले आफ्नो वार्षिक प्रतिवेदन सम्बन्धित सदनमा पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। सोही संवैधानिक प्रक्रियाअन्तर्गत राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री वाग्लेले आयोगको आर्थिक वर्ष २०८१/८२ को कार्यप्रगति र विवरण समेटिएको वार्षिक प्रतिवेदन पेस गरेका हुन्।