2026-09-25 01:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल

2026-09-25

काठमाडौँ | पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले वर्षा रोकिएको दुई घण्टाभित्रै कान्ति राजमार्ग खुल्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो कुराको जानकारी दिएका हुन् । लगातारको वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण कान्ति राजमार्ग अन्तर्गत ललितपुर खण्डको यातायात सेवा अवरुद्ध भएको छ। पहिरोका कारण यस राजमार्गको बिर्खेधारा, टार्कुचे र छपेली क्षेत्रमा सडक पूर्ण रूपमा बन्द भएको हो।

मन्त्री लम्सालका अनुसार सडक माथिबाट आएको पहिरोले गर्दा सो क्षेत्रमा सवारी साधनको आवागमन रोकिएको छ। सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाबाट हेटौँडातर्फ जाने र हेटौँडाबाट उपत्यका भित्रिने यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन्। अहिले सडक खुलाउन आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको मन्त्री लम्सालले जानकारी दिएका छन् । ‘वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको हो। वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ,’ मन्त्री लम्सालले जानकारी दिएका छन् ।

कान्ति राजमार्ग काठमाडौँ र हेटौँडा जोड्ने छोटो दुरीको महत्त्वपूर्ण वैकल्पिक मार्ग हो । हाललाई वर्षा नरोकिँदासम्म यस सडक खण्डमा यात्रा नगर्न र सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट