2026-09-25 05:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति

2026-09-25

काठमाडौँ | भारतको उत्तरपूर्वी राज्य सिक्किममा लगातार भइरहेको भारी वर्षाका कारण ठूलो पहिरो गएको छ। ग्यालशिङ जिल्लाको रिम्बी गाउँमा गएको पहिरोमा धेरै घर, सरकारी क्वार्टर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। अधिकारीहरूका अनुसार पहिरोका कारण केही घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने केहीमा गम्भीर क्षति पुगेको छ। सरकारी आवाससमेत पहिरोको चपेटामा परेको बताइएको छ। हालसम्म घटनामा मानवीय क्षति भएको विवरण भने आएको छैन।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले रिम्बीमा गएको पहिरोप्रति दुःख व्यक्त गर्दै अवस्था गम्भीर रहेको बताएका छन्। मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा नागरिकको सुरक्षा र कल्याण सरकारको सर्वोच्च प्राथमिकता रहेको बताएका छन्। उनले सम्बन्धित अधिकारीहरूलाई उच्च सतर्कतामा रहन, अवस्थाको निरन्तर निगरानी गर्न तथा नागरिकको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्न निर्देशन दिएको उल्लेख गरेका छन्। उनले भारी वर्षाका कारण जोखिम बढेकाले नागरिकलाई सतर्क रहन, प्रशासनले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न तथा कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्नसमेत अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने