2026-09-26 07:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह

2026-09-25

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले अविरल वर्षाका कारण फोहोर ढुवानी तथा विसर्जनमा समस्या उत्पन्न भएकाले केही समयका लागि घर, पसल तथा व्यवसायबाट फोहोर बाहिर ननिकाल्न अनुरोध गरेको छ। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले ल्यान्डफिल साइटमा माथिबाट लेदोसहितको माटो खसिरहेका कारण फोहोर ढुवानी तथा विसर्जनमा असहजता भएको जनाएको छ। वर्षाका कारण केही समय फोहोर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने भएकाले महानगरवासीलाई सम्भव भएसम्म फोहोर घर वा परिसरभित्रै सुरक्षित रूपमा राख्न आग्रह गरिएको छ।

महानगरपालिकाले फोहोर सडक, चोक, सार्वजनिक स्थान, खेलमैदान, खोला–नाला तथा अन्य खुला ठाउँमा नफाल्नसमेत अनुरोध गरेको छ। साथै, कुहिने र नकुहिने फोहोर छुट्याएर सुरक्षित रूपमा व्यवस्थापन गर्न आग्रह गरिएको छ। सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानीको निकासमा समेत समस्या हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन महानगरले आग्रह गरेको छ।

वर्षा र ल्यान्डफिल साइटको अवस्था सामान्य भएपछि फोहोर संकलन तथा ढुवानी सेवा नियमित रूपमा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह