2026-09-26 12:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित

2026-09-26

काठमाडौँ | निरन्तरको वर्षा, पहिरो तथा खोलामा बढेको बहावका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ । सडक विभागले शनिबार बिहान ९ः३० बजे सार्वजनिक गरेको विवरणअनुसार ११ वटा प्रमुख सडकखण्डमा यातायात प्रभावित भएको छ । विभागका अनुसार पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जुवाङ खोला र फिस्लिङलगायतका स्थानमा यातायात बन्द छ । स्थानीय प्रशासनबाट अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा रोक लगाइएको विभागले जनाएको छ ।

त्यस्तै बीपी राजमार्गअन्तर्गत माङ्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुुन्जे र चौकीडाँडालगायतका स्थानमा सडक अवरुद्ध छ । पहिरो तथा डाइभर्सन बगाएका कारण राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको विभागले जनाएको छ । कान्ति राजमार्गको चपली र तल्लुर्केलगायत क्षेत्रमा आंशिक प्रभाव परेको छ । मकवानपुर खण्डमा पहिरो पन्छाई यातायात सञ्चालनमा आएको र ललितपुर खण्डमा पहिरो हटाउने काम जारी रहेको विभागको विवरणमा उल्लेख छ । उक्त सडकखण्डमा शनिबार बिहान १० बजेदेखि सडक सञ्चालनमा आउने अनुमान गरिएको छ ।

सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुंगा–सल्लेरी खण्ड, सोलु खोलानजिक सडक अवरुद्ध भएको छ । सडक भासिएपछि ‘रक ब्रेकर’सहित एक्स्काभेटर तथा ह्विल लोडर परिचालन गरिएको छ । थप वर्षा नभए शनिबार बेलुकीसम्म यातायात सुचारु गर्ने प्रयास भइरहेको विभागले जनाएको छ । त्यसैगरी मध्यपहाडी राजमार्गको निसी गाउँपालिका–कानाबगर क्षेत्रमा सडक अवरुद्ध छ । लेदोसहितको पहिरो आउने क्रम जारी रहेकाले पहिरो हटाउने मेसिन साइटमै ‘स्ट्यान्डबाइ’मा राखिएको विभागको सूचनामा उल्लेख छ । कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–४, बेलबगरमा ठूलो पहिरो गएको छ । पहिरो हटाउन मेसिन साइटमै राखिएको विभागले जनाएको छ ।

बागलुङ–बेनी सडकअन्तर्गत म्याग्दीको हुलाके क्षेत्रमा सडक अवरुद्ध भए पनि पहिरो हटाउने मेसिन परिचालन भइसकेको विभागले जनाएको छ । तमोर करिडोर (मुलघाट–फिदिम) अन्तर्गत उँधुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा सडक अवरुद्ध छ । खोलामा बढेको बहाव कम भएपछि सडक खुलाउने प्रयास गरिने विभागले जनाएको छ । राप्ती राजमार्गअन्तर्गत कपुरकोट–खारखोला क्षेत्रमा सडक अवरुद्ध भए पनि पहिरो हटाउने काम भइरहेको विभागको सूचनामा उल्लेख छ । कर्णाली राजमार्गअन्तर्गत गगने खोला, नाग्म–जुम्लाको राँका क्षेत्र, बाङ्गेसिमल–दहिखोला र हारेनजिक सडक अवरुद्ध छन् । विभागका अनुसार विभिन्न स्थानमा साना–ठूला पहिरो तथा ढुंगा खसेका छन् । पहिरो पन्छाउने काम जारी रहेको र हारेतर्फ लोडरसहितका टोली परिचालन गरिएको छ ।

भालुवाङ–चन्द्रौटा–लिवाङ सडकका विभिन्न स्थानमा पहिरोका कारण आंशिक अवरोध पुगेको छ । साना सवारीसाधन सावधानीपूर्वक सञ्चालनमा रहेका र मेसिन परिचालन गरी पहिरो तथा ढुंगा हटाउने काम जारी रहेको विभागले जनाएको छ । सडक विभागले सडकको अवस्था निरन्तर परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो