2026-09-26 03:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला

2026-09-26

काठमाडौँ | कोसी प्रदेशका पूर्वी पहाडी भूभागमा वर्षा कम भएसँगै सप्तकोसी नदीमा पानीको बहाव घट्न थालेको छ । तर, अझै खतरा तहमै रहेको कोसी ब्यारेज कन्टोल रुमले जनाएको छ । शनिबार (असोज १०) दिउँसो १ बजे ब्यारेजमा पानीको बहाव दुई लाख ९८ हजार २७५ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । यति बेला ब्यारेजका ३९ ढोका खोलिएको कन्टोल रुमले जनाएको छ ।

शनिबार बिहान कोसी ब्यारेजमा पानीको बहाव तीन लाख १६ हजार ७८५ क्युसेक प्रतिसेकेन्डभन्दा माथि पुगेको थियो । त्यति बेला ब्यारेजका ४३ ढोका खोलिएको थियो । त्यसपछि बिस्तारै पानीको बहाव घट्न थालेको हो । ब्यारेजमा कुल ५६ ढोका छन् । त्यहाँ पानीको बहाव एक लाख ५० हजार क्युसेक प्रतिसेकेन्ड पुगेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित