
काठमाडौँ | नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेता डा. शशांक कोइरालाले पार्टीको आसन्न १५ औँ महाधिवेशन केवल नेतृत्व चयनको औपचारिकता मात्र नभई कांग्रेसको भविष्यको दिशा तय गर्ने ऐतिहासिक परीक्षा भएको बताएका छन् ।
शनिवार काठमाडौँको चुनदेवीस्थित सम्पर्क कार्यालयमा इतर पक्षद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको विचार र इतिहास गौरवमय रहेकाले आन्तरिक एकता कायम गर्दै अघि बढ्नुपर्नेमा बताए । ” हाम्रो अधिवेशनले भविष्यको बाटो देखाउने भएकाले यो अत्यन्त महत्त्वपूर्ण छ । त्यसैले हामीले यसलाई गम्भीरतापूर्वक अघि बढाइरहेका छौँ । सबै साथीहरूको साथ र सहयोग लिएर सँगै अगाडि बढ्न चाहन्छौँ ।”
कोइरालाले पार्टीको महाधिवेशनलाई अत्यन्त गम्भीरतापूर्वक लिएर नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताए । पार्टीको समृद्ध इतिहास र वैचारिक जगले नै आगामी दिनमा थप शक्ति र गतिशीलता प्रदान गर्ने विश्वास उनको छ ।