२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

केसीकाे नेतृत्वमा पर्यटन सहकारी संस्थाकाे नयाँ कार्यसमिति चयन

२९ कार्तिक २०७४, बुधबार ०३:४५

 प्रज्वल पाैडेल/कात्तिक २९, रामेछाप ।
पर्यटन व्यवसायी सहकारी संस्थाकाे अध्यक्षमा कृष्णहरि केसी निर्वाचित भएका छन् ।

रामेछाप जिल्लाकाे खाँडोदवी–६ मा रहेको सहकारीको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनले केसीकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे हाे ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा तेजबहादुर बोहोरा, कोषाध्यक्षमा नरबहादुर बुढाथोकी र सचिवमा रमेश केसी निर्वाचित भएका हुन् ।


त्यसैगरी सदस्यहरुमा ध्यानबहादुर तामाङ, खड्गबहादुर कार्की, गोपाल नेपाली र अम्बिका कार्की लगाएत निर्वाचित भएका छन् ।

त्यसैगरी श्यामकृष्ण श्रेष्ठले संयाेजकत्वमा लेखा समितिमा गठन भएकाे छ । समितिकाे सदस्यमा अरुण पाैडेल र रमा घिसिङ रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि रामेछाप जिल्ला समन्वय समितिका सभापति प्रेमबहादुर खड्का र विशेष अतिथिमा खाँडादेवी गाउँपालिका प्रमुख प्रेमबहादुर तामाङ रहेका थिए ।

कार्यक्रममा सफल उद्यमि व्यवसायीहरुका साथै, शेयर सदस्य, अाम जनसमुदायहरुकाे वाक्लाे उपस्थिति रहेकाे थियाे ।


नवनिर्वाचित अध्यक्ष केसीले संस्थाले ग्रामीण क्षेत्रका नागरिकको हितमा विभिन्न सेवामूलक कार्यक्रम समेत गर्दै अाएकाे जानकारी दिनुभयाे । उहाँले पर्यटन सहकारी संस्थाले ग्रामीण क्षेत्रकाे नागरिककाे जीवनस्तर उकास्न र एकताबद्ध बनाउन महत्त्वपूर्ण भुमिका खेलेकाे बताउनुभयाे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन