2026-11-27 06:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सांगीतिक यात्रा विस्तार गर्दै गायिका रिया खत्रीद्वारा ‘युके शहर’ सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेको करिब तीन वर्षमै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका तथा मोडल रिया खत्रीले नयाँ सांगीतिक प्रस्तुति ‘युके शहर’ सार्वजनिक गरेकी छन्। शुक्रबार राजधानीमा विशेष कार्यक्रमबीच विमोचन गरिएको ‘युके शहर’ अहिले रिया खत्रीको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक श्रोतामाझ पुगेको छ ।

रिया खत्री र गायक क्रिश क्षेत्रीको स्वर तथा अभिनय रहेको ‘युके शहर’लाई रियाले आफ्नो सांगीतिक यात्राको नयाँ अध्यायका रूपमा लिएकी छन्। लामो मेहनत, संघर्ष र तयारीपछि तयार गरिएको यो प्रस्तुति नेपालमा रहेका दर्शकसँगै विदेशमा रहेका नेपाली समुदायलाई समेत लक्षित गरेर निर्माण गरिएको उनले बताएकी छन्।

‘युके शहर’ मेरो लागि एउटा गीत मात्र होइन, मेरो सांगीतिक यात्राको एउटा सुन्दर सपना पनि हो,” रियाले भनिन्, “धेरै मेहनत र उत्साहका साथ तयार गरेको यो प्रस्तुतिलाई नेपाल र विदेशमा रहनुभएका नेपाली दर्शक श्रोताले माया गरिदिनुहुनेछ भन्ने विश्वास छ।”

करिब तीन वर्षको सांगीतिक यात्रामा रियाले आफ्नै तीनवटा एल्बम सार्वजनिक गरिसकेकी छन, दर्जनौँ गीतमा स्वर दिएकी छन भने दर्जनौ लाईभ दोहोरी गाईसकेकी छन । गायनसँगै मोडलिङमा समेत सक्रिय उनले विभिन्न म्युजिक भिडियो तथा सांगीतिक प्रस्तुतिमा अभिनय गरेकी छन्। छोटो समयमै निरन्तर सिर्जना र प्रस्तुतिमार्फत दर्शकसँग जोडिँदै आएकी रियाले डिजिटल प्लेटफर्मलाई पनि आफ्नो सांगीतिक यात्राको महत्वपूर्ण माध्यम बनाएकी छन ।

रियाको सांगीतिक यात्रा नेपालमा मात्र सीमित छैन। उनले देशका विभिन्न जिल्लामा प्रस्तुति दिनुका साथै विदेशमा रहेका नेपाली समुदायमाझ पनि सांगीतिक प्रस्तुति दिइसकेकी छन्। उनले मलेसिया, सिंगापुर, थाइल्यान्ड, कम्बोडिया, लाओस, भियतनाम, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन र भारतलगायतका एक दर्जन देशमा प्रस्तुति दिईसकेकी छन्।

विदेशमा रहेका नेपाली समुदायसँग प्रत्यक्ष जोडिँदा नेपाली गीत,संगीतप्रतिको उनीहरूको माया र अपनत्वलाई नजिकबाट अनुभव गरेको रियाले बताएकी छन्। यही अनुभवलाई ‘युके शहर’मार्फत थप व्यापक बनाउन खोजिएको उनको भनाइ छ।

नेपालबाहिर रहेका करिब ८० लाख नेपालीलाई समेत केन्द्रमा राखेर ‘युके शहर’ तयार गरिएको रियाले बताएकी छन्। संसारका जुनसुकै मुलुकमा रहे पनि नेपाली भाषा, संस्कृति र संगीतसँग जोडिएका नेपालीको मनसम्म आफ्नो सिर्जना पुर्‍याउने उनको उद्देश्य छ।

“नेपालबाहिर रहनुभएका नेपाली पनि मेरो सांगीतिक यात्राको महत्वपूर्ण हिस्सा हुनुहुन्छ,” उनले भनिन्, “उहाँहरूसँग नेपाली संगीतमार्फत जोडिन चाहन्छु। ‘युके शहर’ले सबैको मन छुने विश्वास लिएकी छु।”

‘युके शहर’ सार्वजनिक गरेसँगै रियाले दर्शक श्रोतासँग भिडियो हेरेर प्रतिक्रिया दिन तथा मन परे साथीभाइ, परिवार र आफन्तसम्म पुर्‍याइदिन आग्रह गरेकी छन्। उनका लागि एउटा भ्यु, लाइक, कमेन्ट र सेयर केवल सामाजिक सञ्जालको प्रतिक्रिया नभई आगामी सांगीतिक यात्राका लागि ठूलो हौसला हो।

“एकपटक समय निकालेर ‘युके शहर’ हेर्नुहोस्, गीत सुन्नुहोस् र तपाईंलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोस । मन परे सेयर गरेर अझ धेरै नेपाली मनसम्म पुर्‍याइदिनुहोस्,” रियाले आग्रह गरेकी छन ।

‘युके शहर’अहिले Riya Khatri YouTube Channel मा सार्वजनिक भइसकेको छ। उनले च्यानल सब्स्क्राइब गरी आगामी सांगीतिक यात्रामा थप साथ दिनसमेत दर्शक,श्रोतासँग अनुरोध गरेकी छन्।

नेपालदेखि विदेशसम्म आफ्नो सांगीतिक यात्रा विस्तार गरिरहेकी रियाका लागि ‘युके शहर’ नयाँ गीत मात्र नभई अहिलेसम्मको मेहनत, संघर्ष र दर्शकको मायालाई अझ फराकिलो बनाउने प्रयासका रुपमा लिईएको छ ।

गायिका रिया खत्रीको ‘युके शहर’ को युट्युब लिङ्क

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ : शशांक कोइराला पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ कांग्रेस निर्माण गर्नेहरू नै आधिकारिक कांग्रेस हुन् : प्रकाशशरण महत कांग्रेस नेपालको राजनीतिक विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो : प्रदीप पौडेल कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनका लागि पाँच समिति गठन प्रधानमन्त्री बालेन राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा नेपाल–भारत सीमा समस्या समाधानमा ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले मार्गनिर्देश गर्छ : परराष्ट्र मन्त्रालय फोहोर फ्याँकेजस्तो गरेर सुकुमबासी समस्या हल हुँदैन : बाबुराम भट्टराई खाना बन्द भएपछि बोडेका सुकुमबासी रित्तो थाल बजाउँदै सडकमा, सरकारविरुद्ध प्रदर्शन राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि लामिछानेबीच शीतल निवासमा भेटवार्ता इरानलाई रुस–चीनको सहयोगबारे ट्रम्पको टिप्पणी : ‘उनीहरू कम संलग्न छन्’ भूमिहीन सुकुमबासीलाई पहिले जग्गा सुनिश्चित गर्न आङ्देम्बेको माग बौद्धबाट स्रोत नखुलेको २४ लाख नगदसहित तिब्बतीयन नागरिक पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा ३३ सय र चाँदी १२० रुपैयाँले बढ्यो बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ