2026-09-19 03:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओप्पो ‘एफ फाइभ’ सार्वजनिक, यस्ता छन् सुविधा

कात्तिक २९, काठमाडौं । ओप्पो मोबाइल्सले ओपो एफ फाइभ नेपालमा बिक्री सुरु गरेको छ ।  

मंगलबार एक कार्यक्रमबीच यो मोबाइल सार्वजनिक गरिएको थियो । कार्यक्रममा नेपाल आइडल बुद्ध लामा, फष्ट रनरअप निशान भट्टरार्इ र सेकेन्ड रनरअप प्रताप दास समेत सहभागी थिए ।

कम्पनीले अत्याधुनिक एआई ब्यूटी (सेल्फीमा रहेका ब्यक्तिका लागि विशेष ब्यक्तिगत आधारमा ब्यूटिफिकेशन उपलब्ध गराउने) प्रविधि उपलब्ध गराएको छ । यो प्रविधिले सेल्फी फोटोग्राफीको गुणस्तरलाई नै नयाँ आयाम प्रदान गर्ने कम्पनीको दावी छ । मोबाइलको मूल्य ३३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

कम्पनीले यूवा पुस्तालाई छनोटको थप अवसर प्रदान गर्ने सोचका साथ एफफाइभ सिक्स जीबी एडिशन र एफफाइभ योथका बारेमा पनि जानकारी गराएको थियो । यी दूई भ्यारियन्ट भने आउने महिनाहरुमा क्रमिक रुपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । 

बर्षौँको खोजपछि नेपाली बजारमा सेल्फी फिचरमा आर्टिफिसियल ईन्टेलिजेन्सी सहित सार्वजनिक गरिएको ओप्पो एफफाइभ नै पहिलो स्मार्टफोन भएको दाबी गरिएको छ । 

कम्पनीका अनुसार २ सय भन्दा बढी फेशियल रिकग्निसन स्पट्स सहित खिचिएको तस्विरलाई ग्लोबल डाटावेसमा रहेका मानव अनुहारका फेसियल फिचर्स, आकार र संरचनाहरुसंग तुलना गरी विषयको स्किन टोन, प्रकार, लिंग, उमेर लगायतका आधारमा पहिचान गर्छ । 

यसरी अनुहारको पहिचान पश्चात एआई ब्यूटी प्रविधिले आवश्यकता अनुसार छाला, आँखा, ओँठ लगायतमा ब्यूटिफाई प्रविधिले उत्कृष्ट नतिजाका लागि काम गर्न थाल्छ । यो फिचरले ब्यक्तिगत तवरमै ब्यूटिफाइ सुविधा उपलब्ध गराउँछ ।

मोबाइलमा अल्ट्रा सेन्सिटिभ एफ २.० एपर्चर र १/२.८ सेन्सर सहित २० मेगापिक्सेलको फ्रण्ट क्यामेरा उपलब्ध गरिएको छ । दुबै फिचर्सले क्यामेरालाई अधिक सुचना संकलन गर्न तथा कम प्रकाश भएका स्थानमा समेत न्वाइज न्यूनिकरण गरी उत्कृष्ट तस्विर सम्प्रेषण गर्न सघाउँछ ।

फोनमा रहेको १६ मेगा पिक्सेल क्षमताको रियर क्यामेराले दिन तथा रात दुबै समयमा उत्कृष्ट तस्विर लिन सघाउने कम्पनीको दावी छ । कम्पनीका अनुसार एफ१.८ एपर्चर सहितको ब्याक क्यामेराले उज्यालोमा उत्कृष्ट प्रदर्शनी गर्नुका साथै अध्यारो अवस्थामा समेत गुणस्तरिय तस्विर लिन सघाउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई