2026-07-03 12:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चुनावमा सहयोग गर्नुस्, तपाईंहरुको दुःखमा म छु’: थापा

2017-11-15

कात्तिक २९, मकवानपुर । राप्रपा अध्यक्ष एबं उपप्रधानमन्त्री कमल थापा आफ्नो चुनावी क्षेत्र मकवानपुर  १ को गाउँ पुगेका छन् । 

नेपाली काङ्ग्रेस र राप्रपाका नेता कार्यकर्ता सहित गाउँ पुगेका थापाले आज बकैया गाउँ पालिकाको विभिन्न ५ स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् । बकैया गाउँ पालिकाको भिरकोट, जुरेली, श्रीपुर, जुईना र माटोकुरिमा आज आयोजित चुनावी सभालाई थापाले सम्बोधन गरे । 

सभालाई भावुक सम्बोधन गर्दै उनले भने-“ मकवानपुरे जनताको सुखदुःखमा सङ्गै जोडिन चाहन्छु,राजनितिक जिबनको उत्तरार्धमा छु,मकवानपुरे जनताको सहयोग र बिश्वासको अपेक्षा गरेको छु“। 


बिहानै हेटौंडा ६ को आफ्नो निवासबाट निस्केका थापाले आफ्ना कार्यकर्ता र नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता सङ्गै गाउमै खाना खायका छन् । मकवानपुरको बिकास र मकवानपुरे जनताको खुशी नै आफ्नो मुख्य लक्ष्य भएको भन्दै थापाले सबै मिलेर जिल्लाको बिकास गर्नुपर्नेमा जोड दिए । 

मुलुक जोगाउन र बनाउन लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने उनको दाबी थियो । थापाले पुराना बुढापाका मान्छेहरुसङ्ग  भेट्दा स्वास्थ अबस्था बारे सोधे भने युबाहरु सङ्ग हात मिलाय, धाप मारे । युबाहरुलाई थापाले भने “भाईहरु कस्सिएर लाग्नुस, भाईहरुको लागि म छु “।

मकवानपुर -१ “क“ प्रदेश उम्मेदवार धर्म लामिछाने, काङ्ग्रेस नेताहरु माईकल रामचन्द्र अर्याल, रिता खनाल लगायतले बोल्दै लोकतान्त्रिक गठबन्धनले मात्र मुलुकलाई निकास दिने ठोकुवा गरे । राप्रपाका नेताहरु गणेश थापा, प्रेम श्रेष्ठ, नबराज बिष्ट, राजाराम बर्तौला थापा सङ्गै चुनावी दौडाहामा छन् । कार्यकर्ताहरुले गाउँमा थापाको घडा र फुलमालाले स्वागत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ