2026-10-02 06:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली

2026-10-02

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने बताएका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई सपथग्रहण गराउँदै ओलीले मुलुकको समृद्धिको महान उदेश्य बोकेर हिँडेको पार्टीलाई कहिलेकाहीँ धक्का पर्न सक्ने भन्दै पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने बताए ।

मुलुकको विकासको अभियानमा अघि बढ्को एमालेलाई विकास हुन नदिने तत्वहरूले रोक्ने प्रयास गरेको धारणा राखे । देशमा प्रतिगमन भएको र पार्टीलाई धक्का लागेको भन्दै सानातिना कुरा नअल्झी फराकिलो मनका साथ अगाडि बढेमा पार्टी फेरि लडेको ठाउँबाट उठ्न सक्ने र पहिलेकै अवस्था भन्दा अझ अघि बढ्न सक्ने उनको विश्वाास छ । शपथ ग्रहण गरेका केन्द्रीय सदस्यहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाजमा ‘आदर्श व्यक्ति’ को रूपमा स्थापित हुनुपर्ने, गलत आचरण त्याग्नुपर्ने तथा पवित्र, शुद्ध, कम्युनिष्ट शालीनता र विनम्रता प्रस्तुत गर्नुपर्ने उनले जोड दिए । अहिले ‘आईटी वार’ को जमाना भएकाले नेता-कार्यकर्ताहरूले आधुनिक प्रविधि र समसामयिक परिवेशलाई बुझेर सोही अनुसार अगाडि बढ्न उनले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा