2026-10-03 02:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन

2026-10-03

काठमाडौँ | पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा नेपाली कांग्रेसको देउवा समूहबाट १५औं महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि चयन भएकी छन् । उनी कैलालीको धनगढी उपमहानगरपालिका–४ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन् ।

राणामाथि जेनजी आन्दोलन क्रममा बूढानीकलण्ठस्थित निवासमा सांघातिक आक्रमण भएको थियो । उनी लामो समयदेखि मुलुकबाहिर छन् । देउवा समूहले १४औं महाधिवेशनको विधानअनुसार १५औं महाधिवेशनको तयारी गरिरहेको छ । उक्त विधानमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।

तर, वडा अधिवेशनबाट उनलाई निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन गरिएको हो । यसअघि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई पनि डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग