2026-10-03 03:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’

2026-10-03

काठमाडौँ | नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्र देखिएको विवादलाई लिएर कांग्रेस विभाजन नभएको दाबी गर्नुभएको छ । शनिवार महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नेक्रममा उहाँले काँग्रेसभित्र केही विवाद देखिएपनि पार्टी विभाजन नभएको दाबी गर्नुभएको हो । उहाँले काँग्रेसभित्रको विवाद मिलाउने जिम्मेवारी आफुहरुको रहेको बताउनुभयो । महामन्त्रीमा विजयी भएमा शुरुमा नै पार्टीभित्रको विवाद समाधानमा आफू लाग्ने उहाँको भनाई छ ।

उहाँले पार्टीभित्र आफू प्रो कोईराला रहेको बताउनुभयो । उहाँले आफू वीपी कोईरालाको अनुयायी र गिरिजाप्रसाद कोईरालाको कार्यकर्ता भएको उल्लेख गर्दै कोइराला परिवारले नेपाली काँग्रेसको स्थापनामा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । मोरङमा बस्ने भएकाले आफू स्वाभाविक रूपमा कोइराला विचारसँग नजिक रहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘म वीपी कोईरालाको अनुयायी हो । गिरिजाबाबुको कार्यकर्ता हो । मोरङमा बस्ने मान्छेहरु प्रो कोईराला नै हुन्छन्, म प्रो कोईराला नै हो । यो स्वीकार्नलाई मलाई लाज छैन । यो पार्टीको स्थापना पनि कोईराला फ्यामिलीले नै गरेको हो । अहिले पार्टीको विरासत अथवा पार्टीको छवि खस्किएको अवस्था छ, यसलाई बरकरार राख्नको निम्ति हाम्रो उम्मेदवारी हो । व्यक्ति महत्वपूर्ण होइन, कोईरालाको विचार, बीपी कोइरालाको विचार, गिरिजाबाबुको विचार, किसुनजी र गणेशमानजीको विचार बोकेर हिँड्ने हामीजस्ता हजारौँ कार्यकर्ता छन् । काँग्रेस फुटेको छैन। अलिअलि झमेला, झैझगडा लोकतान्त्रिक पार्टीमा भइरहन्छ । यसलाई मिलाउने कर्तव्य हाम्रो हो, महामन्त्री भएपछि पहिलो काम पार्टी मिलाउने मै हुन्छ ।’

सभापतिमा कसलाई समर्थन गर्ने भन्नेमा भने स्पष्ट नभएको उहाँले बताउनुभयो । सभापतिमा उम्मेद्वारी कसैले घोषणा नगरेकाले अहिले सार्वजनिक गर्न नमिल्ने उहाँको भनाई छ । गत वर्षको जेन–जी आन्दोलनको भावना, युवाका विचार र लोकतन्त्रको संरक्षणलाई अघि बढाउन सक्ने युवा उम्मेदवारलाई आफ्नो समर्थन रहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सभापतिमा चाहिँ धेरै आकांक्षीहरु हुन सक्छन्, कम आकांक्षीहरु हुन सक्छन्, सर्वसम्मत हुन सक्छ, सबैभन्दा पहिला महामन्त्रीमा मेरो उम्मेदवारी घोषणा भइसकेको र सभापतिको उम्मेदवारी घोषणा हुन बाँकी रहेकोले सभापति घोषणा भइसके पछाडि युवाहरुलाई अथवा युवाहरुका विचारलाई गत वर्षको जेन–जी मुभमेन्टको सेन्टिमेन्टलाई क्यारी गर्न सक्ने र लोकतन्त्रलाई बचाउन सक्ने युवा उम्मेदवारमध्येलाई मेरो समर्थन रहन्छ । अब उम्मेदवारी नै घोषणा नगरिकन फलानो हो म किन भन्ने रु’ उहाँले आफूले कुनै छुट्टै टिम नबनाउने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण