2026-10-05 02:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते

2026-10-05

काठमाडौँ | वीरगन्जसँग जोडिएको भारतीय बजार रक्सौलमा अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। रक्सौल हरैया थाना क्षेत्रअन्तर्गत पर्ने नेपाली स्टेशन क्षेत्रमा गत अक्टोबर २ को बिहान अरिङ्गालको समूहले बालबालिकामाथि टोकेको थियो। स्थानीयका अनुसार पुरानो फुसको घरमा खेलिरहेका बालबालिकामाथि अचानक अरिङ्गालको झुन्डले आक्रमण गरेको हो।

अरिङ्गालले टोकेर सख्त घाइते भएका चारै जना बालबालिकालाई तत्काल रक्सौलस्थित डंकन अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा ७ वर्षका लखन कुमार मल्लिकको आइतबार साँझ मृत्यु भयो। लखनका बुबा स्वर्गीय इन्दल मल्लिक हुन्। यसअघि सोही अस्पतालमा उपचारकै क्रममा विजय मल्लिकका २ वर्ष ६ महिनाका छोरा करण कुमार मल्लिकको गत शुक्रबार मृत्यु भएको थियो। घटनामा ४ वर्षका अरुण कुमार मल्लिक र ३ वर्ष ६ महिनाका रक्की कुमार मल्लिक गम्भीर घाइते भएका छन्। उनीहरू दुवैको डंकन अस्पतालमै उपचार भइरहेको छ।

घटनाका सम्बन्धमा ‘स्वच्छ रक्सौल’का अध्यक्ष रणजीत सिंहले कार्यपालक पदाधिकारी मनीष कुमारलाई जानकारी गराएका थिए। त्यसपछि नगरपालिकाका तर्फबाट मृतक बालकको अन्त्येष्टिका लागि तत्काल ५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइयो। अति विपन्न तथा महादलित डुम समुदायका बालबालिका यो दुर्घटनाको शिकार बनेपछि पीडित परिवार र सिङ्गो बस्ती शोकमा डुबेको छ। स्थानीयवासीले मृतकका परिवारलाई सरकारी नियमअनुसार क्षतिपूर्ति उपलब्ध गराउनुका साथै घाइते बालबालिकाको उपचारमा आवश्यक सहयोग गर्न प्रशासनसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन