2026-10-05 02:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव

2026-10-05

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक प्रस्ताव पेस गरेका छन् । आगामी चार वर्षका लागि पार्टीको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशासहितको २९ बुँदे प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका हुन् । प्रस्तावमा कांग्रेसले विगत दुई दशकमा पद र सत्तालाई प्राथमिकता दिएको आत्मसमीक्षा गर्दै गठबन्धन, भागबन्डा र गुटबन्दीले पार्टीको नैतिक धरातल कमजोर बनाएको उल्लेख छ ।

युवासँग बढेको दूरी घटाउँदै पार्टी पुनर्संरचनाको प्रस्ताव पनि गरिएको छ । थापाले आगामी निर्वाचनमा निर्वाचनपूर्व गठबन्धन नगर्ने, आफ्नै उम्मेदवार र एजेन्डासहित चुनावमा जाने तथा उम्मेदवार छनोटमा योग्यता, योगदान र कार्यसम्पादनलाई प्राथमिकता दिने प्रस्ताव गरेका छन् । प्रस्तावमा सरकारको निगरानीका लागि छायाँ सरकार, विकास आयोजना र बजेट अनुगमनका लागि ओपन–सोर्स नागरिक ड्यासबोर्ड, निजी क्षेत्रसँग सहकार्य, रोजगारी सिर्जना, प्रविधि तथा कृत्रिम बुद्धिमत्ता, जलवायु परिवर्तन र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै, प्रधानमन्त्रीलाई दुई कार्यकालको सीमा, निर्वाचन सुधार, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार, पार्टीभित्र भ्रष्टाचार नियन्त्रण र युवाको सहभागिता बढाउने व्यवस्था प्रस्ताव गरिएको छ । प्रस्तावको मूल अवधारणा राष्ट्रिय पुनर्जागरण र समुन्नति रहेको छ । कांग्रेसलाई निर्वाचन केन्द्रित संगठनबाट निरन्तर नागरिकसँग जोडिने राजनीतिक संस्थाका रूपमा पुनर्संरचना गर्ने लक्ष्य थापाले अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन