काठमाडौँ | काठमाडौँको भृकुटीमण्डपस्थित खुलामञ्चमा जारी नेपाली कांग्रेसको बन्दसत्र पुनः सुरु भएको छ। करिब १ घण्टाको ब्रेक समयपछि बन्दसत्र पुनः सुरु भएको हो । सोमबार १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रस्ताव प्रस्तुत गरिरहेका छन् ।
यसअघि सभापति गगन थापाले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। उक्त राजनीतिक प्रतिवेदनमा आन्तरिक संगठन र सार्वजनिक जीवनमा व्यापक सुधार ल्याउने उद्देश्यसहित ‘के गर्नेछौँ र के गर्नेछैनौँ’ भन्ने विषयमा १७ वटा स्पष्ट क्षेत्र तोकेर नयाँ राजनीतिक मर्यादा सार्वजनिक गरिएको छ।
यस आचारसंहिताले विगतका गलत राजनीतिक अभ्यासहरू त्याग्दै पार्टीलाई नागरिकप्रति पूर्ण रूपमा जवाफदेही, पारदर्शी र लोकतान्त्रिक मूल्यमान्यतामा अडिग राख्ने विश्वास लिइएको छ।