2026-10-05 06:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह

2026-10-05

काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन वर्तमान सरकार निजी व्यवसायीहरुसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री साहले सरकार जनतासँगै निजी क्षेत्रसँग पनि उत्तरदायी रहेकाले सहकार्यका लागि तयार रहेको बताएका हुन् ।

चिनी उद्योगहरू बन्द हुने अवस्थामा रहे पनि कसैको चिन्ता नदेखिएको भन्दै उनले चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा सट्टा स्वदेशी उत्पादन र कृषि पारिस्थितिकी प्रणालीलाई जोड्न सुझाव दिए । चिनी उद्योगका लागि जग्गा दिने तर उत्पादनमा ध्यान नदिने प्रवृत्ति पनि नीतिगत भ्रष्टाचार भएको उनको भनाइ छ । उनले ग्याँस र पेट्रोलियम पदार्थको आपूर्तिमा हुने अवरोध युक्रेन–रूस र इरान–अमेरिका द्वन्द्व जस्ता बाह्य कारणले भएकाले बाह्य आयातमा मात्र भर नपरी स्वदेशी बिजुली र ब्रिकेटको प्रयोग बढाउनुपर्ने बताए । उनले आवश्यक नीति बनाएर दीर्घकालीन रुपमा ग्यासको सहज आपूर्ति र वितरण गर्न मन्त्रालयले आवश्यक काम सुरु गरिसकेको जानकारी दिए ।

बैठकमा व्यवसायीहरूले औद्योगिक विकास क्षेत्रका जग्गाहरू रहे पनि प्राप्त गर्न असहज भएको गुनासो गरेका थिए । उनीहरूले उद्योग सञ्चालनका लागि विद्युत् आपूर्ति भरपर्दो बनाउन समेत आग्रह गरेका थिए । बैठकले औद्योगिक करिडोरका लागि जग्गा व्यवस्थापनको समस्या समाधान गर्न उद्योग मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै