2026-10-06 12:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता

2026-10-06

काठमाडौँ | नेपाली कांग्रेसको १५औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आजबाट उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। देशभरिबाट चुनिएर आएका कुल ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधिहरूले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्। पार्टीको केन्द्रीय निर्वाचन समितिले भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा मनोनयन दर्ता प्रक्रिया सुरु गरेको निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए। तोकिएको कार्यतालिका अनुसार दिउँसो १२:३० बजेदेखि अपराह्न ४:०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ।

यस महाधिवेशनमार्फत नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको आकार र पदाधिकारी संख्यामा उल्लेख्य वृद्धि गरेको छ। सोमबार पारित संशोधित विधानअनुसार केन्द्रीय कार्यसमितिलाई साबिकको १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ भने पदाधिकारी संख्या १४ बाट बढाएर २६ पुर्‍याइएको छ। पार्टी विधानको नयाँ व्यवस्था अनुसार उपसभापतिमा १ वरिष्ठ उपसभापति र १ महिला उपसभापति थप गरी कुल संख्या ४ पुर्‍याइएको छ।

महामन्त्रीमा १ जना अनिवार्य महिलासहित कुल ३ जना र सहमहामन्त्रीमा २ जना खुला पद थप गरी कुल संख्या ११ पुर्‍याइएको छ। यसका साथै प्रवक्ता पद थप गरिएको छ भने आवश्यकताका आधारमा सहप्रवक्ताहरू थप गर्न सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह