2026-10-06 05:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना

2026-10-06

काठमाडौँ | नेपालको प्रमुख चाड बडादशैँ नजिकिँदै गर्दा देशका विभिन्न स्थानमा मौसम बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । मौसमविद् विनोद पोखरेलका अनुसार आज र भोलि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने तथा केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित छोटो समय भारी वर्षा हुनसक्ने सम्भावना छ । पोखरेलले सामाजिक सञ्जालमार्फत दिएको मौसम अपडेटअनुसार पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा वर्षा भएको छ । विशेषगरी लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा असिनासहित भारी वर्षा भएको जनाइएको छ ।

वायुमण्डल अस्थिर रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको गतिविधि जारी रहन सक्ने उनको भनाइ छ । कतिपय ठाउँमा मेघगर्जन, चट्याङ तथा असिनासहित केही समय भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ । आगामी बिहीवारदेखि शनिवारसम्म भने वर्षा हल्कादेखि मध्यम रहने सम्भावना रहेको पोखरेलले बताएका छन् । उनका अनुसार घटस्थापना (असोज २५ गते आइतवार) देखि मौसम क्रमशः खुल्दै जाने सम्भावना रहेको छ । दशैँको मुख्य तयारी प्रारम्भ हुने समय मै मौसममा देखिएको परिवर्तनले यात्रा तथा घर फर्कने तयारीमा रहेका सर्वसाधारणलाई प्रभावित पार्न सक्ने देखिएको छ । विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्नुपर्ने अवस्था छ ।

पोखरेलले प्रारम्भिक मौसम पूर्वानुमान तथा ‘वाच’ ले सम्भावित जोखिमका लागि तयारी गर्न सहयोग गर्ने भए पनि मौसमको अवस्था परिवर्तन भइरहने भएकाले विश्वसनीय पूर्वानुमान तथा आधिकारिक चेतावनीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन् । यसैबीच, पछिल्लो वर्षाको अवस्थाले पनि मौसम पूर्वानुमान र वास्तविक वर्षाबीच फरक पर्न सक्ने देखाएको छ । कतिपय स्थानमा पूर्वानुमान गरिएभन्दा बढी वर्षा भएको भन्दै स्थानीयस्तरमा मौसमको अवस्था निरन्तर निगरानी गर्नुपर्नेमा जोड दिइएको छ । दशैँको मुखमा घर फर्किने तथा घुमफिरको तयारीमा रहेका यात्रुले सडक र मौसमको अवस्था बुझेर यात्रा गर्नु उपयुक्त हुनेछ । चट्याङ, भारी वर्षा वा असिनाको सम्भावना भएका बेला खुला स्थानमा नबस्न र आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह