
काठमाडौँ | नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारहरूको मनोनयन दर्ता भइरहेको छ। नेताहरूले विभिन्न पदमा उम्मेदवारी दर्ता गराउने क्रम जारी छ।
यसैबीच कांग्रेसको सभापति पदमा श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन्। नयाँ नेतृत्व चयनका लागि असोज २२ गते मतदान हुनेछ।