2026-10-07 12:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ

2026-10-07

काठमाडौँ | काठमाडौँको पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा प्रहरीले सुनसरीबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगर पालिका–८ घर भएका ३१ वर्षको आसिम अन्सारी र उनकै पत्नी ३१ वर्षीया प्रियंका परियार छन् । प्रहरी वृत्त गौशालाको पत्रको आधारमा सुनसरी प्रहरीले उनीहरूलाई इटहरी–८ स्थित रङ्गशालाबाट पक्राउ गरेको हो । उनीहरूलाई काठमाडौँ पठाइएको जिल्ला प्रहरी परिसर सुनसरीका एक जना अधिकृतले बताए ।

आसिम र प्रियंकाले पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेर टिकटक बनाएको आरोप छ । सो टिकटकबारे पशुपति मन्दिरमा गैरहिन्दू प्रवेश भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । प्रेम विवाह गरेका आसीम र प्रियंकाले केही दिनअघि पशुपतिनाथ मन्दिरमा आएर भिडिओ बनाएका थिए । भिडिओमा अन्सारीले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिन्छ । सोही टोपीका आधारमा सांसद खुस्बु ओलीले पनि सामाजिक सञ्जालमा प्रश्न उठाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’