2026-10-07 04:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह

2026-10-07

काठमाडौँ | इजरायलमा रोजगारीका लागि पठाइदिने भन्दै ठगी गरिएको घटनामा नेपाल प्रहरीले पीडितहरूलाई जाहेरी दिन आग्रह गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सूचना जारी गर्दै ठगीमा परेका व्यक्तिहरूलाई सम्बन्धित प्रमाणसहित यथाशीघ्र जाहेरी दिन अनुरोध गरेको हो ।

ब्युरोका अनुसार सन् २०२४ मा इजरायलको ‘केयरगिभर’ रोजगारीका लागि सञ्चालन गरिएको परीक्षामा उत्तीर्ण भई प्रतीक्षा सूचीमा रहेका युवालाई तत्काल इजरायल पठाइदिने प्रलोभन देखाएर ठगी गरिएको थियो । पहिलो चरणमा १५६ जना युवालाई लक्षित गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा तयार पारिएका फर्जी कागजात देखाएर रकम असुलिएको अनुसन्धानबाट खुलेको छ ।

पीडितहरूले दिएको जाहेरीका आधारमा योजनाबद्ध रूपमा दुई करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको ब्युरोले जनाएको छ । घटनामा रामेछापको सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरतप्रसाद चौलागाईंलगायत व्यक्तिहरू संलग्न रहेको आरोप छ । घटनामा चौलागाईंसहित चार जना पक्राउ परिसकेका छन् । उनीहरूविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध निवारण ऐनअन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

ब्युरोले घटनामा विभिन्न माध्यमबाट ठगीमा परेका अन्य व्यक्तिहरूलाई पनि आफूसँग भएका प्रमाणसहित केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिन आग्रह गरेको छ । थप पीडितहरू हुन सक्ने भएकाले उनीहरूको उजुरीसमेत संकलन गरी अनुसन्धानलाई अगाडि बढाइने ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए