2026-10-07 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग

2026-10-07

काठमाडौँ | नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गर्दा संविधानले व्यवस्था गरेको समानुपातिक समावेशी सिद्धान्तलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाएको छ। बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले बुधबार एक विज्ञप्ति जारी गर्दै न्यायाधीश नियुक्तिका क्रममा वरिष्ठता, अनुभव, विषयगत ज्ञान, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता तथा पेशागत र नैतिक आचरणसँगै समानुपातिक समावेशी सिद्धान्तलाई आधार बनाउनुपर्ने उल्लेख छ।

तर, न्याय परिषद्ले सर्वोच्च अदालतमा रिक्त पाँचमध्ये चार पदका लागि पोखरा उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीश चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सिफारिस गरेको छ। सिफारिसमा वरिष्ठता र समावेशितालाई पर्याप्त आधार नबनाइएको भन्दै परिषद्का सदस्यहरूबाट समेत फरक मत आएको छ। नेपाल बारले आफूहरूलाई न्यायाधीश नियुक्तिको प्रक्रियामा बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएको हो। बारका अनुसार न्यायपरिषद्, राष्ट्रिय सम्मेलन तथा केन्द्रीय र सल्लाहकार समितिका बैठकहरूले पटक–पटक न्यायाधीश नियुक्तिमा कानुन व्यवसायीको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै आएका थिए।

बारले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र जनआस्था कायम राख्न न्यायाधीश नियुक्ति प्रक्रिया पारदर्शी, समावेशी र वस्तुनिष्ठ हुनुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयासका बाबजुत मलेसियाले ५ नोभेम्बरदेखि नयाँ भर्ती प्रणाली अघि बढाउँदै १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह