
काठमाडौँ | आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा अहिले नेताहरु आउने क्रम जारी छ । ११औँ महाधिवेशनपछि एमाले स्थायी कमिटीको पहिलो बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आगामी गतिविधिबारे छलफल हुने जनाइएको छ ।
असोज ८ गते सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएकाले उनी पनि आजको स्थायी कमिटी बैठकमा सहभागी हुनेछन् । केन्द्रीय कमिटीले भण्डारीलाई वरिष्ठ नेता बनाउनुका साथै स्थायी कमिटीसमेत गठन गरेको थियो । आजको स्थायी कमिटी बैठकअघि भण्डारीले शपथ लिएकी थिइन् ।