कात्तिक ३०, काठमाडौँ | इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले 'तीनको तड्का' नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ  र फ्रि नेटटिभी प्रदान गर्ने ग्राह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ३०, काठमाडौँ | इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले 'तीनको तड्का' नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ  र फ्रि नेटटिभी प्रदान गर्ने ग्राह"/>

१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वल्र्डलिंकको टिभी तथा इन्टरनेट जोड्ने ग्राहकहरुलाई खुसीको खबर

३० कार्तिक २०७४, बिहीबार ११:५०


कात्तिक ३०, काठमाडौँ | इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले 'तीनको तड्का' नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ  र फ्रि नेटटिभी प्रदान गर्ने ग्राहक योजना सुरुवात गरेको छ । 

तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना नविकरण गर्ने ग्राहकहरुलाई ४० प्रतिशत सम्मको छुट प्रदान गर्ने, सबै प्याकेजका बार्षिक इन्टरनेट सेवा खरिद गर्ने ग्राहकहरुलाई निशुल्क नेट टिभीको सेवा प्रदान गर्ने तथा हालको ५ एमबीपीएसको प्याकेजलाई दोव्बर गरि १० एमबीपीएसको प्याकेज मा रुपान्तर गर्ने जनाएको छ । 

पहिले देखिनै प्रदान गरिरहेको ५ एमबीपीएसको सेवा चलाईरहेका ग्राहकहरुले यो योजना अन्तरगत स्वतः १० एमबीपीएसको सेवा पाउने छन् । ५ एमबीपीएसको सेवा लिन चाहने ग्राहकहरुलाई बार्षिक रुपमा नयाँ सेवा जडान गर्दा १० एमबीपीएसको सेवा, योजना अन्तरगतको छुट सहित जडान खर्च, राउटर तथा फाईवर तारको शुल्क बुझाउन नपर्ने भएको छ साथै ३ महिनाका लागि निशुल्क नेट टिभि समेत समावेश गरेको छ ।

वल्र्डलिंकको २५ एमबीपीएसका प्याकेजको खरिदमा एक वर्षको भुक्तानी तथा नविकरण गर्दा प्याकेजमा छुटका साथै ६ महिनाको लागि निःशुल्क नेटटिभी को सेवा लिन सकिने छ, ५० एमबीपीएसको प्याकेजको खरिदमा बार्षिक भुक्तानी तथा नविकरण गर्दा १ बर्षकै लागि निशुल्क नेटटिभी तथा छुट समेतको योजना रहेको छ ।

कम्पनीको मुख्य उद्धेश्य ग्राहक लक्षित भएकाले ग्राहकलाई प्रदान गर्ने सेवा सर्वसुलभ बनाउने, जहा पनि सबै समय सबैलाई जोडने लक्ष अनुसार तीनको तड्का ग्राहक योजना तीन महिना सम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ