2026-10-08 07:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने

2026-10-08

काठमाडौँ | पूर्वराष्ट्रपति विद्या भण्डारीको एमालेमा पुनरागमनपछि बसेको पहिलो स्थायी कमिटी बैठकले आगामी मंसिर पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। भण्डारीले आजै पार्टी वरिष्ठ उपाध्यक्षको शपथ लिएकी थिइन् । बिहीबार बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले तल्लो तहका भेला सम्पन्न गरेपछि मंसिरको पहिलो साता काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको पार्टी सचिव महेश बस्नेतले जानकारी दिए।

बैठकपछि बस्नेतले मंसिर पहिलो सातालाई राष्ट्रिय कार्यकर्ता भेलाका रूपमा अघि बढाउने निर्णय भएको बताए। उनका अनुसार राष्ट्रिय भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी तथा पालिकाका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन्। त्यसैगरी संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समेत भेलामा सहभागी गराउने तयारी छ। एमालेले तल्लो तहमा पार्टीका गतिविधि तथा भेला सम्पन्न गरेपछि राष्ट्रिय स्तरको कार्यकर्ता भेला गर्न लागेको हो। बैठकले राष्ट्रिय भेलामार्फत पार्टीका नेता–कार्यकर्ता तथा जनप्रतिनिधिलाई एकै ठाउँमा सहभागी गराउने निर्णय गरेको हो।

भण्डारीको एमालेमा पुनरागमनपछि बसेको बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेसँगै आगामी मंसिरमा हुने उक्त भेलालाई पार्टीको संगठनात्मक गतिविधिको महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ। तत्कालीन एमाले उपाध्यक्ष २०७२ कात्तिक ११ गते राष्ट्रपतिमा निर्वाचित भएपछि एमालेबाट अलग्गिएकी थिइन् । दोस्रो कार्यकाल राष्ट्रपति भएपछि गत वर्ष उनी एमालेको अध्यक्ष हुने गरी अगाडि बढेकी थिइन् । तर, गत वर्ष मंसिरमा भएको एमालेको ११ औँ महाधिवेशनमा उनको पार्टी सदस्यता नै स्थगित गरियो । अहिले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध यसअघि उनी निकट रहेका विष्णु पौडेल र शंकर पोख्रेलहरू एकजुट भएपछि ओलीले भण्डारीलाई सिधै वरिष्ठ उपाध्यक्ष बनाएर पार्टीमा फेरि सक्रिय बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल