काठमाडौँ | नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा एकपटकमा १५० देखि २०० जनासम्मले एकैपटक मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले एकपटकमा १५० देखि २०० जनासम्मले मतपत्रमा स्वस्तिक छाप हान्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिए बिहीबार खुला मञ्च स्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरेर खड्काले बिहान ७ बजेदेखि मतदान सुरु गरेर दिउँसो ३ बजे सक्ने अभियान अन्तर्गत एकैपटकमा १५० देखि २०० जनासम्मले स्वस्तिक छाप हान्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिए।
मतदानका लागि राष्ट्रिय सभागृहमा बागमती प्रदेशको र अन्य छ प्रदेशको खुला मञ्चमा छुट्टाछुट्टै बुथ निर्माण गरिएको पनि संयोजक खड्काले जानकारी दिए। कांग्रेसको निर्वाचनमा २९७ पदका लागि ८५० उम्मेदवार छन्। मतदाता भने ७ हजार ३१४ जना निर्धारण गरिएको निर्वाचन समितिले जानकारी दिएको छ।