2026-10-09 01:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’

2026-10-09

काठमाडौँ | नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि आज मतदान सुरू भएसँगै सभापति पदका उम्मेदवार गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफ्नो नाम जोडेर उम्मेदवारहरूको सूची प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन्। दुवै नेताले यसपटक कुनै प्यानल नबनाएको र उम्मेदवारहरूको सूचीमा आफ्नो आधिकारिक समर्थन नरहेको स्पष्ट पारेका छन्।

सभापति थापाले मतदानमा सहभागी महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम र प्रभावमा नपरी स्वतन्त्र विवेकका आधारमा मतदान गर्न आग्रह गरेका छन्। थापाले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई स्वस्थ र मर्यादित बनाउन सबै प्रतिनिधिलाई संयमित तथा उत्साहपूर्ण ढङ्गले सहभागी हुन आग्रह गरेका छन्। ‘यसपटक कुनै पनि प्यानल वा गुट छैन,’ थापाले भनेका छन्, ‘मेरो नाम जोडेर आएको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहोला। कुनै पनि अफवाहमा नलाग्नुहोला।’

उनले पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन्। यसैगरी, वरिष्ठ उपसभापति शर्माले पनि विशेष महाधिवेशनको पक्ष वा विपक्षका आधारमा उम्मेदवारलाई मत दिन नहुने बताएका छन्। मतदानको परिणाममा सबै पक्ष र विचारका साथीहरूको सन्तुलित प्रतिनिधित्व देखिनु पार्टीको बृहत्तर एकताका लागि महत्त्वपूर्ण हुने उनको भनाइ छ।विशेष महाधिवेशनका बेला विभिन्न कारणले कोही सहभागी भएको र कोही सहभागी हुन नसकेको उल्लेख गर्दै शर्माले अहिले पार्टीमा जोडिँदै गएका साथीहरूलाई पनि मतदानमार्फत समेट्दै जानुपर्ने बताएका छन्। ‘हामीले बनाएको वा पठाएको भनेर केही प्यानलका चिट बाँडिएको पाएका छौँ। ती सबै फेक हुन्,’ शर्माले भनेका छन्, ‘सभापतिज्यू र मेरा लागि सबै उम्मेदवार साथीहरू समान रूपमा आदरणीय हुनुहुन्छ।’

उनले सभापतिको नाम जोडेर विवादमा ल्याउने प्रयास नगर्नसमेत आग्रह गरेका छन्। शर्माले बिहीबार अपराह्न काठमाडौंको पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा झापा क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। दुवै नेताले नयाँ केन्द्रीय नेतृत्व चयनका क्रममा कुनै निश्चित समूहको सूचीका आधारमा नभई उम्मेदवारको मूल्याङ्कन गरेर मतदान गर्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित