2026-10-09 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी

2026-10-09

काठमाडौँ | नेपाली काँग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रिय कार्यसमिति चयनका लागि शुक्रवार बिहानैबाट मतदान शुरु भएको छ । प्राविधिक तयारी र प्रतिकूल मौसमका कारण बिहीवार स्थगित गरिएको मतदान प्रक्रिया शुक्रवार बिहानबाट सुचारु भएको हो । करिव ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिहरू आफ्नो मताधिकार प्रयोग गर्न बिहानैदेखि मतदान केन्द्रमा लामवद्ध भएका छन् ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार मतदान आज अपराह्न ३ बजेसम्म जारी रहनेछ । मतदानलाई व्यवस्थित बनाउन सातवटा प्रदेश र विभिन्न समूहका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ । गण्डकी प्रदेशका प्रतिनिधि शोभाकान्त बरालले पहिलो मत खसालेर शुरु भएको मतदान प्रक्रियालाई पारदर्शी बनाउन निर्वाचन समितिले कडा सुरक्षा र आचारसंहिता लागू गरेको छ । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काकाअनुसार मतदाताको सहजता र सुरक्षालाई मध्यनजर गर्दै मतदानको समय सारिएको हो । मतपत्रको संख्या ठूलो भएकाले ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था गरिएको छ । यस्तै स्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजान पूर्ण रूपमा रोक लगाइएको छ ।

मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र र नामावली अनिवार्य रूपमा रुजु गरिनेछ । महाधिवेशन एक दिन लम्बिएपछि उत्पन्न हुनसक्ने खर्चको भारलाई मध्यनजर गर्दै आर्थिक व्यवस्थापन समितिले शुक्रवारको आवास र खाना खर्च पार्टीले नै व्यहोर्ने निर्णय गरेको छ । यसले प्रतिनिधिहरूमा थप उत्साह थपेको छ । १५ औँ महाधिवेशनमार्फत काँग्रेसले विधान संशोधन गरी २९७ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति चुन्न लागेको हो । मतदान सकिएलगत्तै मतपेटिकाहरू सुरक्षित रूपमा व्यवस्थापन गरी आजै मतगणना शुरु गर्ने समितिले तयारी गरेको छ । सभापतिलगायतका पदाधिकारीमा कडा प्रतिष्पर्धा रहेकाले यसपटकको महाधिवेशनको नतिजालाई पार्टीको भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण कडीका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु