2026-10-10 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ

2026-10-10

काठमाडौँ | इजरायलमा रोजगारीका लागि पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई पक्राउ गरेको हो। सीआईबीका अनुसार इजरायल पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको प्रकरणमा उनको संलग्नता देखिएपछि पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।

खड्का नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार हुन्। महाधिवेशनअन्तर्गत मतदान सम्पन्न भए पनि उनको मतपरिणाम सार्वजनिक हुन बाँकी छ। उनी खुला महिला समूहबाट केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरिरहेकी थिइन्। यसअघि यही प्रकरणमा सीआईबीले ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ, कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी बालिका शिवाकोटीलाई पक्राउ गरेको थियो। खड्काको पक्राउसँगै यस घटनामा पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको छ।

प्रहरीका अनुसार नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौताअन्तर्गत सन् २०२४ मा भएको केयरगिभर छनोट प्रक्रियामा सफल हुन नसकेका व्यक्तिलाई इजरायल पठाइदिने भन्दै रकम उठाइएको आरोप छ। यस प्रकरणमा १५६ जनाबाट दुई करोड ५० लाख रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको छ। खड्काको संलग्नता र घटनामा उनको भूमिकाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो