
काठमाडौँ | नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उपसभापति पदका लागि मतगणना सुरु हुँदैछ । उपसभापति पदका लागि खसेको मतपत्रको गणना शनिबार दिउँसो ३ बजेबाट हुने भएको हो । निर्वाचन समितिले उपसभापति र महामन्त्री पदका उम्मेदवारसँगको छलफलमा दिउँसो ३ बजेबाट मतगणना सुरु गर्ने सहमति गरेको हो ।
बैठकमा सहभागी महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले दिउँसो ३ बजेदेखि मतगणतना सुरु हुने जानकारी दिए । उनले उपसभापतिको अन्तिम नतिजा आइसकेपछि महामन्त्री पदका लागि खसेका मतपत्रको गणना हुने पनि जानकारी दिए ।