2026-10-12 06:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली

2026-10-12

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कठिन परिस्थिति सामना गरिरहेका बेला आलोचना र उपदेश दिनेहरू धेरै आउने तर, सहयोग र साथ दिनेहरू कम हुने गरेको बताएका छन् । एमालेको केन्द्रीय कार्यालयमा सोमबार केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूको शपथग्रहण कार्यक्रममा ओलीले पार्टीले धक्का खाएको अवस्थामा पनि संयमित भएर सही निर्णय लिनुपर्ने बताए ।

‘यतिबेलाको परिस्थिति अलि जटिल छ । हामीले धक्का खाएका छौँ । यस्तो धक्का खाएका बेला सम्पन्नता र सफलता हुन थाल्यो भने साथीभाइको ओइरो हुन्छ,’ ओलीले भने, ‘विपन्नता हुन थाल्यो भने, असफलता हुन थाल्यो भने, ओरालो लाग्यो भने बुद्धि छैन, ढङ्ग छैन भनेर उपदेश दिने धेरै आउँछन् । सहयोग गर्ने आउँदैनन्, साथ दिने कम आउँछन् ।’

उनले सुखमा सबै साथी हुने तर दुःखमा साथ दिने कम हुने आशय व्यक्त गर्दै कठिन परिस्थितिमा पनि पार्टीलाई सही दिशामा अघि बढाउनुपर्ने बताए । ओलीले नीति निर्माण र कामको योजना बनाउँदा गल्ती हुन नदिन विशेष ध्यान दिनुपर्ने बताए । निर्णय गर्दा त्रुटि भए त्यसलाई सच्याउने बेलासम्म अरू अघि बढिसक्ने भएकाले शुरूमै सही निर्णय लिनुपर्ने उनको भनाइ थियो ।‘उल्टो बाटो नहिँडियोस्, गलत निर्णय नगरियोस्, सही बाटो हिँडियोस् भन्ने कुरामा ध्यान दिनुपर्छ,’ ओलीले भने ।

उनले पार्टीभित्र समस्या आउनसक्ने भए पनि त्यसलाई समाधान गर्नुपर्नेमा जोड दिए । समस्यालाई थप जटिल बनाउने वा बल्झाउनेभन्दा समाधानको बाटो खोज्नुपर्ने उनको भनाइ थियो ।‘समस्या समाधान गर्न सकिन्छ । समस्याको समाधान गर्ने हो । समस्या बढाउने, बल्झाउने होइन,’ ओलीले भने, ‘त्यसो भयो भने हामी सफलता प्राप्त गर्न सक्छौँ ।’पार्टीले कठिन परिस्थिति सामना गरिरहेका बेला सही नीति, योजना र निर्णयमार्फत अघि बढ्नुपर्ने सन्देश दिँदै ओलीले समस्याको समाधान र सही बाटोको छनोटलाई सफलताको आधारका रूपमा प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम