
काठमाडौँ | नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेको हो । महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार सुनको मूल्य १० ग्रामको २ लाख ५० हजार ५१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ६० रुपैयाँले घटेर ४ हजार ३५५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य १० ग्रामको ३ हजार ७३४ रुपैयाँ कायम भएको छ ।